IME Life New

स्मार्ट क्यूआर र नेपाल पे क्युआरबीच अन्तरआबद्धताको थालनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच नेशनल पेमेन्ट स्वीच मार्फत क्युआर अन्तरआबद्धता कायम गर्नका निम्ति आज एक औपचारिक कार्यक्रम बीच सम्झौता भएको छ । सम्झौता पत्रमा स्मार्टच्वाईस टेक्नोलोजिका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिह प्रधानले हस्ताक्षर गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु, स्मार्टच्वाईस टेक्नोलोजि तथा एनसीएचएलका सञ्चालक समितिका सदस्यहरु एवम् मिडिया तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

स्मार्टच्वाईस टेक्नोलोजि तथा एनसीएचएल बीचको यो सम्झौतालाई क्युआर अन्तरआबद्धताको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको छ । यसले क्युआर सम्बन्धी भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । उक्त सम्झौता पश्चात स्मार्ट क्यूआर उपलब्ध रहेका मोबाईल बैंकिङ्ग वा वालेटका ग्राहकहरुले नेपाल पे क्युआरका मर्चेन्टहरुलाई क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

त्यसै गरी नेपालपे क्युआर उपलब्ध रहेका मोबाईल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले पनि स्मार्ट क्यूआर का मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । यसरी ग्राहकहरुलाई दुबै नेटवर्क भित्रका क्युआर सम्बन्धी भुक्तानी गर्न सहज हुने छ भने बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि छुट्टै मर्चेन्ट आबद्ध गराउन आवश्यक हुने छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS