IME Life New

स्प्रेडदर र शुल्क लिन नपाउने व्यवस्थाले बैंकहरुको नाफा घट्यो : सिबिफिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्‍घ नेपाल ‘सिबिफिन’का उपाध्यक्ष राजेश शर्माले राष्ट्र बैंकको नीतिका कारण बैंकको नाफा घटेको बताएका छन् । नेपाल राष्ट्र बैंकले स्प्रेडदरमा गरेको कडाइ तथा सेवा शुल्कमा लगाएको बन्देजका कारण मुनाफामा असर परेको सिबिफीनको निष्कर्ष छ ।

शर्माको संयोजकत्व बनेको कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार राष्ट्र बैंकको नीतिका कारण बैंकहरुको औषत १२ प्रतिशतमा समिति भएको छ । यसले गर्दा लगानीकर्ताहरुको बैंकमा आकर्षण घट्न थालेको उल्लेख गरेका छन् । उनले राष्ट्र बैकलाई नीतिगत रुपमा नकस्न समेत सुझाव दिएका छन् ।

Esewa
Crest

यो प्रतिवेदन बैंकका प्रमुख कार्यकारी अधिकृत तथा विकास बैंक एशोसिएसन सँग छलफल गरेर तयार पारिएको हो । सहकारी, रेमिट्यान्स कम्पनी, वालेट लगायत बित्तीय सेवा प्रदान गर्ने सम्पुर्ण क्षेत्रहरु समान नीतिबाट सञ्चालन हुनु पर्ने भन्दै सुझाव दिइएको छ ।

शर्माले २०७३ सालदेखि बैंक तथा वित्तीय संस्थाको प्रति शेयर आम्दानी र प्रतिफल दर निरन्तररुपमा घटीरहेको बताए । उक्त चुनौति व्यवस्थापनका लागि खुला बजारको अबधारणा अनुसार नै व्याजदर निर्धारण हुन दिने स्प्रेडदरको सीमा नलगाउने, शुल्क आदिमा सीमा नतोक्ने, ग्राहकबाट गुनासो आएमा वा नेपाल राष्ट्र बैंकले अध्ययन, नियमन र सुपरिवेक्षण गर्दा कुनै बैंक तथा वित्तीय संस्थाले व्याजदर र शुल्क अनुचित तरिकाले असुल गरिएको पाइएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई मात्र आवश्यक कारबाही गर्न सुझाव दिएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आफ्नो प्रस्तावना र उद्देश्य बमोजिम गुणस्तरीय, विश्वासिलो एवं सर्वसुलभ बैकिङ सेवाको विस्तार, संभावना देखिएका क्षेत्रहरुमा लगानी विस्तार, युवा तथा नव उद्यमी एवं व्यवसायीहरुको उत्पादन, रोजगारी सृजनासहित आर्थिक गतिविधिहरुलाई चलायमान बनाउनको लागि र दिगो एवं फराकिलो आर्थिक विकासमार्फत समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउनका लागि नियामक निकाय र सरोकारवाला पक्षहरुसँग निरन्तर सहकार्य तथा समन्वय गर्दै आइरहेको छ ।

यस संस्थाले नियामक निकायहरुमार्फत जारी नीतिनियम तथा निर्देशनहरुको व्यवहारिक अध्ययन तथा विश्लेषण गरी संस्थागत धारणासहितका सुझावहरु सम्बन्धित निकायहरुमा निरन्तर पेश समेत गर्दै आएको छ । यसै शिलशिलामा नेपालमा संचालित क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था, भूमिका, कार्यक्षेत्र योगदान, समस्या एवं चुनौतीहरुसहित दक्षिण एसियाली मूलुकहरुले अपनाएको बैंकिङ अभ्यास तथा अवस्थाका विषयमा अध्ययन तथा अनुसन्धान गर्नको लागि सिबिफिन कार्यसमितिका उपाध्यक्ष राजेश उपाध्यायको संयोजकत्वमा गठित कार्यदलमार्फत सुझावसहितको अध्ययन प्रतिवेदन, ०७८ तयार गरेको हो ।

नेपालका वरिष्ठ अर्थशास्त्री तथा बैंकिङविद्हरुको परामर्श, बैंक तथा वित्तीय संस्थाहरु एवं यस क्षेत्रका लगानीकर्ताहरुको रायसुझावहरुको आधारमा तयार गरिएको यस अध्ययन प्रतिवेदन पुस १३ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेश गरिसकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS