IME Life New

स्थानीय सरकारसँग बीमा प्राधिकरणः ‘राम्ररी बुझेरमात्र बीमा पोलिसी लिनुपर्छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले राम्ररी बुझेर र पढेर मात्र बीमा पोलिसी लिन आग्रह गरेका छन्।

संखुवासभाको सभापोखरी गाउँपालिकास्थित ब्राहबिसेमा बीमा प्राधिकरणले बुधबार आयोजना गरेको ‘स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण’ विषयक छलफल तथा अन्तर्क्रियामा उपनिर्देशक महर्जनले यस्तो आग्रह गरेका हुन्। ‘बीमितले आफूले लिन चाहेको बीमा पोलिसीबारे राम्ररी बुझ्नुपर्छ’, उनले भने।

Esewa
Crest

कार्यक्रमका सभापतिसमेत रहेका महर्जनले बीमकले बीमालेख बिक्रीमा मात्र जोड नदिई दाबी भुक्तानी प्रक्रिया के–कसरी पाउन सकिन्छ भन्नेबारे बीमितलाई राम्ररी बुझाउन आवश्यक रहेको औँल्याए। उनले दाबी समयमै नपाएमा प्राधिकरणको प्रादेशिक तथा केन्द्रीय कार्यालयमा बीमितले उजुरी गर्न सक्ने जानकारी दिए।

सभापोखरी गाउँपालिकाबाट रुद्राक्ष बीमालेख जारी गर्न माग भएकोले यो कार्य अगाडि बढाइने महर्जनले प्रतिबद्धता व्यक्त गरे। उनले कृषि बीमामा सरकारले दिएको ८० प्रतिशत अनुदान उपयोग गर्न पनि आग्रह गरे।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भीमबहादुर लिम्बुले आगामी दिनमा बीमा प्राधिकरण र बीमा कम्पनीहरुसँग सहकार्य गरेर बीमालाई अगाडि बढाउने प्रतिबद्धता गरे। पालिकाको भवनको बीमा नभएकोले छिट्टै बीमा गराउने उनले बताए।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाइँले सभापोखरी अलैँची र सुन्तलाको पकेट क्षेत्र रहेको कृषि बीमाको प्रचुर सम्भावना रहेको बताइन्।

कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका सहायक निर्देशक सचिन गैह्रेले गरेका थिए भने स्वागत मन्तव्य सहायक प्रथम निकेशलाल कर्णले राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS