IME Life New

स्थानीय सरकारले बीमा अनिवार्य गरी सेवा प्रवाह गरे जोखिम न्यूनीकरण हुन्छ: अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले स्थानीय सरकारले बीमालाई अनिवार्य गरेर सेवा प्रवाह गरेमा जोखिम कम हुने बताएका छन् । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बुटवल उपमहानगरपालिकामा आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दैै अध्यक्ष सिलवालले भने, “स्थानीय सरकार जनताको अभिभावक हो, त्यसैले बीमालाई अनिवार्य गरेर सेवा प्रवाह गरेमा जोखिम न्यूनीकरण हुन्छ । घरको नक्सा पास गर्दा नै बीमा अनिवार्य गर्नुपर्छ । त्यसो भएमा कुनै घटनाबाट क्षति भएमा बीमा कम्पनीबाट नै क्षतिपूर्ति पाउने सुनिश्चितता हुन्छ ।”

कार्यक्रममा उनले भूकम्प, आगलागी, बाढी, पहिरो लगायतका विपत्तिमा राहत वितरणका लागि छुट्याइएको बजेट बीमामा सदुपयोग गर्नसके बीमाबाट सबैको जोखिम व्यवस्थापन हुने बताए ।

Esewa
Crest

साथै, स्थानीय सरकारले बीमाका बारेमा बुझेपछि स्थानीय जनतासम्म बीमाका बारेमा जानकारी पु¥याउन सजिलो हुने उल्लेख गर्दै अध्यक्ष सिलवालले बीमा दाबीका लागि सिफारिश दिँदा घटनाका बारेमा राम्रोसँग बुझेर मात्र सिफारिश दिन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS