IME Life New

स्टक ब्रोकर नं ४४ को डाइनामिकमाथि नेप्सेद्वारा कारवाही, ‘कर्नरिङ’ नदोहोर्याउन नेप्सेको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयरधनीको खातामा पर्याप्त शेयर हुँदा हुँदै पनि १० कित्ता भन्दा तल शेयर टुक्राएर सेयर कारोबार गरेपछि काठमाडौंस्थित हात्तिसारमा रहेको डायनामिक मनि म्यानेजर्स सेक्युरिटीलाई नेप्सेले कारवाही गरेको छ ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले भने, ‘शेयर बजारलाई प्रभावित पार्न शेयरधनीको खातामा १० कित्ता भन्दा बढि शेयर हुँदा हुँदै पनि टुक्राएर १० कित्ता भन्दा तल झार्दै कारोबार गरेको पाइयो । यो नेप्सेको नियम विपरितको काम भएकोले स्टक ब्रोकर नं ४४ को डाईनामिकले आज कारोबार गर्न नपाउने गरी रोक्का गरिएको छ ।’

Esewa
Crest

नेप्से स्रोतका अनुसार स्टक ब्रोकर नं ४४ को डाईनामिक कर्नरिङ नामक गलत धन्दामा लागेको आरोपमा कारवाही गरेको हो । शेयर बजारलाई अनावश्यक रुपमा तलमाथि पार्न यस्तो धन्दा गर्ने गरिएको छ । नेप्सेको विद्यमान व्यवस्था अनुसार न्यूनतम १० कित्ता शेयर खरिद बिक्री गर्नुपर्नेछ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट ब्रोकर नम्बर ४४ मा अनुमति पाएको सो कम्पनीले आइतबार शेयर टुक्राएर बिक्री गरेको हो । त्यसो त आइतबार नै अजोड इन्स्योरेन्सको दशौं शेयर कारोबार १० कित्ता भन्दा कममा कारोबार भएको छ । ब्रोकर नं ४३ ले आइतबारको कारोबार नं १०००२६७, १०००२६८ शेयर बिक्री गरेको छ ।

डायनामिक मनि म्यानेजर्स सेक्युरिटी ब्रोकरले आइतबार दिनभर कारोबार गर्न पाएन । नेपाल स्टकले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ को नियमअनुसार न्यूनतम खरिद बिक्री एकाइभन्दा कम परिमाणको सेयरको ’अड लट’ कारोबार गरेको आरोपमा कारवाही गरेको जनाएको छ ।

नेप्सेले कर्नरिङ जस्तो गम्भिर प्रकृतिको बदनियत आगामी दिनमा नदोहोर्याउन स्टक ब्रोकर नं ४४ लाई सचेत गराएको छ ।

नियमावली अनुसार १० कित्ता भन्दा बढि शेयर भएको अवस्थामा १० कित्ताभन्दा कम बिक्री गर्न पाउँदैन । यदी सेयरधनीसँग १० कित्ताभन्दा कम सेयर छ भने मात्र त्यस्तै शेयर बिक्री गर्न पाउनेछ । शेयर कारोबार नियमावली विपरित भई शेयरलाई टुक्रा पारेमा सेयर बिक्री गर्ने लगानीकर्ताले २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ भने खरिद गर्नेले उक्त जरिवाना पाउँछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS