IME Life New

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये १७ जनाको शव आफन्तले बुझे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु वायू सेवा कम्पनी सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएकामध्ये १७ जनाको शव आफन्तले जिम्मा लिएका छन् । त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालबाट मृतकका आफन्तजनले शव लिएका हुन् ।

सौर्य एयरलाइन्सको व्यवस्थापनले मृतकका आफन्तजनलाई बीमा क्षतिपूर्ती दिलाउन पूर्ण सहयोग हुने प्रतिबद्धता जनाएपछि मृतकका आफन्तले शव लिन तयार भएका हुन् । यसअघि बीमा दाबी सम्बन्धमा एयरलाइन्स व्यवस्थापनले आश्वस्त पार्न नसकेको भन्दै शुक्रबार पाँचवटा शव मात्र आफन्तले लगेका थिए।

Esewa
Crest

मृतक १८ मध्ये जोर्डनका नागरिक अरिफ रेडाको शव अझै अस्पतालमा रहेको छ । शिक्षण अस्पताल प्रशासनका अनुसार शुक्रबार ६ जना मृतकको शव आफन्तजनले लगेकोमा शनिबार थप ११ जनाको शव लगेका हुन् ।

बुधबार त्रिभूवन विमानस्थलको धावनमार्गबाट उडान भरे लगत्तै साैर्य एयरलाइन्सको जहाज विमानस्थलमा परिसरमै खसेर आगलागी हुँदा पाइलट मनिषरत्न शाक्यबाहेक बाँकी सबै १८ जना यात्रीको निधन भएको थियो। यो जहाज नियमित मर्मत संभारका लागि काठमाडाैंबाट पोखरा लगिंदै थियो ।

शव पूर्णरूपमा जलेकाले परिवारजनले दिएको पहिचान संकेतका आधारमा अस्पतालका चिकित्सकले शवको पहिचान सुनिश्चित गर्न संभव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS