IME Life New

सेबोन अध्यक्षमा नवराज, मुक्तिनाथ र सन्तोषको नाम सिफारिस, कार्की दौडबाट बाहिरिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा ३ जनाको नाम सिफारिस भएको छ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले आज ३ जनाको नाम सिफारिस गरेको हो। समितिले धितोपत्र बोर्डको अध्यक्षमा डा नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सिफारिस गरेको अर्थ मन्त्रालय स्रोतले बतायो। नवराज र मुक्तिनाथ धितोपत्र बोर्डकै कार्यकारी निर्देशक हुन्।

Esewa
Crest

यसअघि स्थगित गरिएको सर्टलिस्टमा परेका उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता आज अर्थ मन्त्रालयमा लिइएको थियो। आज बिहान ८ बजेबाट अन्तर्वार्तामा अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की अन्तर्वार्तामा सहभागी भएका थिए। तर, चिरञ्जीवी चापागाइँ अन्तर्वार्तामा सहभागी भएनन्। चापागाइँ तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष हुन्।

यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई असोज १८ गते अन्तर्वार्ताका लागि बोलाइएको थियो। तर, समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी बिरामी परेर उपस्थित हुन नसकेपछि अन्तर्वार्ता रोकिएको थियो।

त्यसअघि तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको नेतृत्वमा गठित सिफारिस मितिले गत वर्ष चैत २५ गते १९ जना उम्मदेवारमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको थियो। जसमा अधिकारी, कार्की र चापागाइँसहित धितोपत्र बोर्डकै अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ थिए।

समितिले गत असार २ गते ती ५ उम्मेदवारलाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि डाकेको थियो। तर, श्रेष्ठद्वयले मात्रै अन्तर्वार्ता दिए भने बाँकी ३ जना अधिकारी, कार्की र चापागाइँ भने उपस्थित भएनन्। उपस्थित नभएका अधिकारी, कार्की र चापागाइँलाई समितिले फेरि असार ५ गते फेरि अन्तर्वार्ताका लागि बोलाएको थियो। तर, उनीहरु गएनन्।

त्यसपछि सिफारिस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको थियो। समितिले यो निर्णयविरुद्ध अन्तर्वार्तामा सहभागी सन्तोषनारायणले सर्वोच्च अदालतमा रिट दिए। हाल यो मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा देखिएको जटिलताका विषयमा महान्यायाधिवक्ताको कार्यालयमा दुईपटक रायसमेत मागेको छ। दुवैपटक महान्यायाधिवक्ताको पुरानै प्रक्रिया अगाडि बढाउन राय दिएको थियो।

गत वर्ष पुस २० गते रमेशकुमार हमाल बाहिरिएपछि खुला प्रतिस्पर्धाबाट धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त हुन सकेको थिएन। धितोपत्र बोर्डको नेतृत्व अर्थ मन्त्रालयका सहसचिवहरुले सम्हाल्दै आएका थिए। हाल धितोपत्र बोर्डको अध्यक्षको भूमिकामा सहसचिव महेश बराल रहेका छन्।

अर्ब अर्थ मन्त्रालय सिफारिस गरेका ३ जनामध्ये एकजनालाई मन्त्रिपरिषदको बैठकले अध्यक्षमा नियुक्त गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS