IME Life New

सेबोनमा अध्यक्ष नियुक्ति गर्न अर्थमन्त्रीलाई दबाब, छिट्टै रोकिएको प्रक्रिया अघि बढ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा रोकिएको अध्यक्ष नियुक्ति प्रक्रिया छिट्टै अघि बढाउने भएको छ।

सेबोन स्रोतका अनुसार सरकारले छिट्टै अवरुद्ध अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ। ‘अर्थमन्त्री विष्णु पौडेललाई सेबोनमा छिट्टै अध्यक्ष नियुक्त गरेर पठाउन दबाब परिरहेको छ’, स्रोतले भन्यो, ‘त्यसैले यो प्रक्रिया अब अगाडि बढ्छ।’

Esewa
Crest

तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बनेको सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्तामा बोलाएको थियो। सर्टलिस्टमा परेकामध्ये सेबोनका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सत्यनारायण श्रेष्ठले मात्रै अन्तर्वार्ता दिएका थिए। बाँकी ३ जना सेबोनकै अर्का कार्यकारी निर्देशक डा नवराज अधिकारी, नेप्सेका सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्तामा सहभागी भएनन्।

त्यसपछि सिफारिस समितिले अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गरेको थियो। तर, अन्तर्वार्ता दिएकामध्ये सत्यनारायण श्रेष्ठले अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

त्यसपछि सेबोनमा अध्यक्ष नियुक्ति प्रक्रिया अलपत्र परेको छ। अब छिट्टै अध्यक्ष नियुक्ति प्रक्रिया सरकारले अगाडि बढाउने स्रोतले बतायो। ‘सेबोनका कार्यकारी निर्देशक अधिकारी अन्तर्वार्ता सहभागी हुन राजी भएको देखिन्छ’, स्रोतले भन्यो, ‘यदि अधिकारी अन्तर्वार्तामा सहभागी भएमा सिफारिस समितिलाई ३ जनाको नाम अर्थ मन्त्रालय पठाउन सजिलो हुन्छ।’

सरकारले सेबोनको अध्यक्षमा अधिकारीलाई नियुक्ति गर्ने सम्भावना पनि प्रबल रहेको स्रोत बताउँछन्। ‘अहिले सरकारमाथि पुँजीबजार बुझेको मान्छेलाई अध्यक्ष बनाउन दबाब परेको छ, अधिकारीसँग लामो समयदेखि पुँजीबजार नियामक निकायमा बसेर काम गरेको अनुभव छ। उनले पुँजीबजारकै विषयमा विद्यावारिधि पनि गरेका छन्। त्यसैले अधिकारीलाई अध्यक्ष बनाउने सम्भावना बढेको छ।’

गत वर्ष पुस तेस्रो साता रमेशकुमार हमाल कार्यकाल सकेर सेबोनबाट बाहिरिएपछि अध्यक्षको पद रिक्त छन्। करिब ७ महिनादेखि अर्थ मन्त्रालयका सहसचिवहरुले सेबोनमा अध्यक्षको भूमिका निभाइरहेका छन्। हमाल बाहिरिएपछि सुरुमा सहसचिव रितेशकुमार शक्या र त्यसपछि अर्का सहसचिव नरेशकुमार रानाले सेबोनमा अध्यक्षको भूमिका निभाएका थिए। अहिले सहसचिव महेश बरालले अध्यक्षको जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS