IME Life New

सूर्योदय वोमी लघुवित्तको अन्तिम तथ्याङकः कतिले हात पार्छन् शेयर ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा माग भन्दा धेरै आवेदन परेको छ । सीडीएससीको अन्तिम तथ्याङक अनुसार उक्त एफपीओमा १६ लाख ५९ हजार बढीको आवेदन परेको छ । आज १० बजेर ७ मिनट जाँदाको अन्तिम तथ्याङक अनुसार एफपीओमा १६ लाख ५९ हजार ०७५ आवेदकबाट कुल २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ बराबरको २ करोड ३८ लाख ६३ हजार ४० सय कित्ता शेयर खरिद आवेदन परेको छ।

संस्थाले गत साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्री खुला गरेको छ। मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी ४ हजार ६७२ आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता शेयर पाउनेछन्। आवेदन परेको आधारमा उक्त एफपीओमा १६ लाख ५४ हजार ४०३ जनाको हात खाली हुने देखिएको छ ।

Crest

लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो । अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था थियो । संस्थाको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी संस्थाको कुल चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ कायम भएको छ। जसमा संस्थापक शेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेको छ। अब सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन संस्थाले एफपीओ जारी गरेको हो।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्दा दिएको निर्देशनबमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले संस्थाले एफपीओ बिक्री खुला गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS