IME Life New

सूर्योदय लघुवित्तको साधारण सभा पुस १६ गते, लाभांश तथा मर्जरको प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस १६ गते हुने भएको छ । कम्पनीले सहयात्री पार्टि प्यालेस गुडिखोला, स्याङ्जामा उक्त वार्षिक साधारण सभा गर्ने जनाएको छ । सभा बिहान ११ बजे शुरु हुने छ ।

सभाले हाल कायम चुक्तापूँजीको २० प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने, सूर्योदय लघुवित्त र वोमी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने, मर्जरपश्चात कम्पनीको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था कायम गर्ने, मर्जर समितिबाट निर्धारण गरेको १स्१ अनुपातमा शेयर आदान प्रदान अनुपात समेत पारित गर्नेछ ।

Esewa
Crest

साथै सभाले गाभिएपश्चात गठन हुने सञ्चालक समितिमा सूर्योदय लघुवित्तको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु तोक्ने, दुवै कम्पनी गाभिएपश्चात कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा परिवर्तन हुने भएकाले परिवर्तित प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि उक्त सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS