IME Life New

सूर्या लाइफ, एशियन लाइफ, प्राईम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सलाई दाँजेर हेर्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सूर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, प्राईम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स नेप्सेमा सुचिकृत पुराना जीवन बीमा कम्पनी हुन्। ४ वटै कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको अवस्था छ।  ४ जीवन बीमा कम्पनीहरुलाई इन्स्योरेन्स खबरले गरेको तुलानात्मक अध्ययन :

चुक्ता पुँजीको आधारमा:
४ बीमा कम्पनी मध्ये गुराँस लाईफ इन्स्योरेन्सले मात्र चुक्ता पुँजी पुर्याएको छैन। गुराँस लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ९३ करोड ८५ लाख मात्र रहेको छ। कम्पनीलाई धितोपत्र बोर्डले शत प्रतिशत हकप्रद शेयर निस्काशन गर्न अनुमति दिएको छ। उक्त हकप्रद शेयर पश्चात कम्पनीको पुँजी १ अर्ब ८७ करोड पुग्ने छ। जीवन बीमा कम्पनीलाई २ अर्ब पुँजी पुग्नु पर्छ।

Esewa
Crest

जगेडा कोषको आधारमा:
प्राईम लाइफ इन्स्योरेन्सको जगेडा कोष सबै भन्दा बलियो छ। प्राईमको जगेडा कोषमा १ अर्ब ४ करोड रहेको छ भने सूर्या लाईफको जगेडा कोषमा ५६ करोड ९० लाख रकम रहेको छ, त्यस्तै एसियन लाईफको जगेडा कोषमा ४७ करोड ४५ लाख रहेकोमा गुराँस लाईफको जगेडा कोषमा ३४ करोड ७३ लाख रुपैयाँ रहेको छ।

जीवन बीमा कोषको आधारमा:
एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष सबै भन्दा बलियो छ। एशियनको जीवन बीमा कोषमा १९ अर्ब ३२ करोड रहेको छ भने प्राईम लाईफको जीवन बीमा कोषमा १० अर्ब १४ करोड रकम रहेको छ त्यस्तै गुराँस लाईफको जीवन बीमा कोषमा ६ अर्ब  ६७ करोड रहेकोमा सूर्या लाईफको जीवन बीमा कोषमा ६ अर्ब २१ करोड रुपैयाँ रहेको छ।

व्यापारको आधारमा :
कुल बीमा शुल्क आर्जनको आधारमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म एसियन लाईफ इन्स्योरेन्सले सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ। एसियन लाईफले २ अर्ब २९ करोड कुल बीमा शुल्क आर्जन गरेको छ त्यस्तै प्राईम लाईफले १ अर्ब ६० करोड, सूर्या लाईफले १ अर्ब ३१ करोड र गुराँस लाईफले ९७ करोड कुल बीमा शुल्क आर्जन गरेका छन् ।

खुद मुनाफाको आधारमा :
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म प्राइम लाईफले १५ करोड ६१ लाख खुद मुनाफा गरेको छ। त्यस्तै सूर्या लाइफले  १५ करोड २० लाख, एसियन लाईफले १२ करोड १४ लाख र गुराँस लाईफले ७ करोड ३५ लाख खुद मुनाफा गरेका छन्।

प्रति शेयर आम्दानीको आधारमा:
प्रति शेयर आम्दानीको आधारमा गुराँस लाईफको प्रति शेयर आम्दानी सर्वाधिक १५ रुपैयाँ ६७ पैसा छ । त्यस्तै  प्राईम लाईफको १५ रुपैयाँ ६७ पैसा छ, सूर्या लाईफको १४ रुपैयाँ १० पैसा छ र एसियन लाईफको १२ रुपैयाँ ०७ पैसा छ।

यद्यपि, जीवन बिमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

किताबी मूल्यको आधारमा :
प्राईम लाईफको किताबी मूल्य सबै भन्दा धेरै छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS