IME Life New

सूर्या लाइफको सिइओमा पवन खड्कालाई नियुक्त गर्ने प्रस्ताव, समितिबाट स्वीकृति आउन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आज बिहीवार बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृत खड्कालाई सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको हो ।

संचालक समितिले खड्काको नाम प्रस्ताव गरे सँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ । अब बीमा समितिले अन्तिम स्वीकृति दिए पछि मात्रै खड्का कम्पनीको  सिइओमा नियुक्ती हुनेछन् ।  खड्काको  बीमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायतका क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव रहेको छ ।  उनले बीमा कम्पनीको उच्च व्यवस्थापनमा मात्रै साढे ६ वर्ष काम गरिसकेका छन् ।

Esewa
Crest

व्यवस्थापन विषयमा स्नातकोत्तर, एसीसीए  गरेका खड्का जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति हुन् । खड्काले नेपाल लाइफ इन्स्योरेन्समा  पनि काम गरेका थिए।

यस अगाडिका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजिनामा दिएपछि सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत खड्कालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS