IME Life New

सूर्या लाइफको जीवन बीमा कोषमा ८ अर्ब ७ करोडमाथि, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चलु आर्थिक वर्षको पहिलो त्रैमासमा ८३ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

२ अर्ब १५ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७६ करोड १ लाख रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा ८ अर्ब ७ करोड ४६ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ११ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

Esewa
Crest

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा २ करोड २८ लाख १७ हजार रुपैयाँले बढी हो।

त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिमा १७ करोड ५९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड २४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीले बीमालेख धितोबापत ९५ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबापत कम्पनीले २ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ।

समिक्षा अवधिमा कम्पनीले कुल २ हजार ७३ दाबीबापत १८ करोड ३७ लाख रुपैयाँ भुक्तानी गरेको छ । १६४ दाबी बापतको २ करोड १६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

समिक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८६ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ७८ पैसा कायम भएको छ। मूल्य आम्दानी अनुपात ३१.९२ गुणा कायम रहेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS