IME Life New

सूर्या लाइफको खुद मुनाफा ४० प्रतिशतले वृद्धि हुँदा, बीमा शुल्क आर्जन १ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ: सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७६/७७ को दोश्रो त्रैमासमा कुल  बीमाशुल्क आर्जन ३१ प्रतिशतले बढेको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९९ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन रकम  ३५ प्रतिशतले वृद्धि १ अर्ब २८ करोड पुगेको छ।

Esewa
Crest

कम्पनीको जगेडा कोष ३२ प्रतिशतले वृद्धि भएर  ५६ करोड ८९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४३ करोड १४ लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने ४४ प्रतिशतले बढेर ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।  जीवन बीमा कम्पनीहरुमा जीवन बीमा कोषको ठुलो महत्तो हुन्छ।

कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १५ करोड १९ लाख खुद मुनाफा गरेको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ १० पैसा, प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ९२ पैसा छ । यद्यपि, जीवन बीमा कम्पनीहरुको  हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा  र प्रति शेयर आम्दानी एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

कम्पनीले १६ करोड ९७ लाख कुल दावी भुक्तानी गरेको छ भने १४ करोड ५५ लाख खुद दावी भुक्तानी गरेको छ। त्यस्तै ३ करोड १२ लाख भुक्तानी हुन् बाँकी दावी रकम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS