IME Life New

सूर्यज्योति लाइफले ल्याएको नयाँ जीवन बीमा ‘सही प्लान’ मा के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमाको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांक अनुसार करिब ४०% भन्दा बढी नेपालीजनता जीवन बीमाको दायरामा रहेका छन्। नेपालको बजारमा औषतरुपमा ६ लाख देखि ६ लाख ५० हजार रुपैयाँ बीमांकको जीवन बीमालेख खरिद गर्नहरुको बाहुल्यता रहेको छ। अहिलेको महँगाईको जमानामा ६ लाख देखि ६ लाख ५० हजार रुपैयाँ बीमा‌ंकको रकमले अबको १५ वर्षपछि कति उपादेयता दिन सक्ला ? बीमितले आफ्नो भविष्यको  स‌ंभावित वित्तीय दायीत्वलाई विचारेर जीवन बीमा नगर्दा आर्थिक जोखिमको भार बहन गर्न नसक्ने भएकाले समयमै  चनाखो हुनु जरुरी हुन्छ।  समयमै सही निर्णय गर्न चुक्ता आफू लगायत परिवार नै आर्थिक सकंटको चपेटामा पर्न सक्छ।

परिवारप्रति अभिभावकको काँधमा रहने जिम्मेवारीहरुः

  • बच्चाहरुको शिक्षाको लागि
  • आफू र आफ्नो प्रियजनको उज्ज्वल भविष्यको लागि
  • घातक रोगहरु बिरुद्धको उपचार खर्च सुविधाको लागि
  • भविष्यमा आईपर्न सक्ने आर्थिक जोखिम बहनको लागि
  • आश्रित परिवारको आर्थिक सुरक्षाको लागि
  • बुढेसकालको सहाराको लागि

यीनै आवश्यकतालाई मध्य नजर गरी सूर्यज्योति लाइफ़द्वारा भर्खरै ल्याईको ‘सूर्यज्योति सही प्लान’ रोज्यौ भने वर्षको  ४० हजार देखि ४५ हजार रुपैयाँ बीमाशुल्क (उमेर अनुसार बीमाशुल्क दर फरक पर्न सक्छ) मै झण्डै २५ लाख रुपैयाँ बीमा‌ंकको जीवन बीमा स‌ंभव हुनसक्छ । यसले तपाईको जीवनमा आईपर्न सक्ने आर्थिक जोखिमको भारमा राहत दिन सक्छ र तपाई अनि तपाईको परिवारको सुनौलो भविष्यका लागि सहारा हुन सक्छ।

Esewa
Crest

‘सही सोचौ ,सही रोजौ ‘ भन्ने मूल नाराका साथ ल्याइएको यो योजनामार्फत् सूर्यज्योतिले   ‘हरेक घर ,एक बीमा’ को रुपमा यो योजनाको पहुँच  पुर्याउने  लक्ष्य रहेको छ। यो भन्दा पहिले बीमा गरि सकेकाहरूका लागि पनि  ” सूर्यज्योतिको ‘सही प्लान’ सही छनाैट साबित हुनसक्छ। यसका केही विशेष कारणहरू छन् :

  • थोरै प्रिमियममा नै ठूलो बीमांक रोज्न सकिने
  • ७० वर्षको उमेर पुगे पश्चात बीमाशुल्कको सबै रकम रकम फिर्ता पाइने
  • सीमित अवधि सम्म बीमाशुल्क भुक्तानी गरी दीर्घकालीन (आजीवन) रक्षावरण रही रहने
  • अन्य बचत बीमा भन्दा लगभग ५ देखि ६ गुणा सम्म आर्थिक सुरक्षा प्रदान गर्ने

यो योजना लिदा ७० वर्षको उमेर पश्चात तिरेको सम्पूर्ण रकम फिर्ता हुने भएकाले बुढेशकालमा  आर्थिक हिसाबले सहज हुनेछ। आफ्नो परिवारमा आर्थिक समस्या आइपरे त्यसका लागि पनि आर्थिक भारको समाधान दिने भएकाले पहिले बीमा गरेकाहरुका लागि पनि यो सही प्लान  हुनेछ।

अन्य बीमा योजनामा बीमा अवधि पछि बीमितको रक्षावरण समाप्त हुन्छ तर यो सहि प्लान बीमा योजनामा सीमित अवधि सम्म बीमाशुल्क भुक्तानी पश्चात पनि बीमित जिउँदो रहेसम्म जोखिम बहन भई नै रहन्छ । सही प्लान बीमा योजनामा अन्य बीमा योजना  जस्तो बीमा अवधि पछि जोखिम बहन पनि समाप्त  हुने चिन्ता हुदैन।

आफू जिउँदो रहँदासम्म आफैलाई र आफ्नो शेषपछि आफ्ना सन्ततिको उज्ज्वल भविष्य निर्माणका लागि उपयॊगी हुने हुनाले यो नै सही बीमा योजना हो।

ऐच्छिक तथा अतिरिक्त सुविधाहरु:

  • दुर्घटनाको कारण मृत्यु भएमा दोहोरो बीमा लाभ लिन सकिने
  • दुर्घटना बाट पुर्ण अशक्त भएमा बाँकी अवधिको बीमाशुल्कमा पूर्ण छुट हुने
  • बिमाङ्कको आधारमा कम्तिमा १० वर्षसम्म मासिक अशक्त सुविधा प्रदान गरिने
  • नेपालमै सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा लिन सकिने
  • साथै आफुलाई आवश्यक परेको बेलामा सहुलियत दरमा नियमानुशार सुलभ दरमै ऋण लिन सकिने-एडभटोरियल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

8%
sad

दु :खी

0%
amazed

अचम्मित

8%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS