IME Life New

सूर्यज्योति लाइफबाट बाहिरिए खड्का, आइएमई लाइफको नेतृत्व सम्हाल्न प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले पदबाट राजीनामा दिएका छन् । खड्काले प्रमुख कार्यकारी अधिकृत समक्ष राजीनामा पेश गरेका हुन् ।

खड्काले आफ्नो राजीनामाबारे इन्स्योरेन्स खबरसँगको कुराकानीमा पुष्टी गरेका छन् । उनले अन्य कुनै बीमा कम्पनीमा प्रवेश गर्ने वा नगर्ने बारे केही खुलाउन चाहेनन् ।

Esewa
Crest

सूर्या लाइफ इन्स्योरेन्स र ज्योती लाइफ इन्स्योरेन्स आपसमा गाभिएर सूर्यज्योती लाइफमा रूपान्तरण हुनु अघि उनी सूर्या लाइफमा प्रमुख कार्यकारी अधिकृत थिए। मर्जरपछि सञ्चालक समितिको निर्णय र वरिष्ठताका आधारमा उनी सूर्यज्योती लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारीमा पदस्थापन गरिएको थियो।

सम्बद्ध श्रोतका अनुसार खड्का जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत पदमा जिम्मेवारी सम्हाल्न उनलाई प्रस्ताव गरिएको छ। आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पदबाट राजीनामा दिएपछि गत भदाै ९ गतेदेखि नायब प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरि रहेका छन्।

बेलायतबाट एसीसीए अध्ययन पुरा गरेका खड्कासँग बीमा, जलविद्युत, उत्पादन र प्रशोधन, शिक्षण, लेखा परिक्षण र वित्तीय परामर्शको क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव छ। उनले व्यवस्थापन विषयमा स्नातकोत्तर तहको अध्ययन समेत पुरा गरेका छन् । उनले बीमा कम्पनीको उच्च व्यवस्थापन तहमा रहेर आठ वर्षभन्दा बढी अनुभव लिइ सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS