IME Life New

सूचना अधिकारी नियुक्त गर्ने सूचना आयोगको आदेश बीमा कम्पनीहरुद्वारा अवज्ञा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय सूचना आयोगले गत २०७५ माघ २० गते देशैभरिका सबै बैंक, बित्तिय संस्था अनि बीमा कम्पनीहरुलाई आ–आफ्नो कम्पनीमा सूचना अधिकारी नियुक्त गर्न निर्देशन दियो । सूचना आयोगले उक्त आदेश कार्यान्वयन गर्न बीमा समितिलाई नै निर्देशन दिएको भएपनि बीमा समितिले नै सुचना अधिकारी नियुक्त गरेको छैन । बीमा समितिमा केही पहिलेसम्म पुजन ढुंगेल(अधिकारी) सूचना अधिकारीको रुपमा कार्यरत भएपनि अहिले उनलाई अन्यत्र नै सरुवा गरिएका कारण सूचना अधिकारी पद रिक्त छ ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा १९ (ख) बमोजिम सार्वजनिक निकायमा रहेका अभिलेख, लिखत वा अन्य सामाग्री सम्बन्धी सूचना सूचिकृत गर्री मिलाइ राख्न आदेश दिन सक्ने अधिकार आयोगलाई छ । सोही अधिकार अनुसार आयोगले गत २०७३ पुस १९ गते नै सबै राजनीतिक दल, नेपाल राष्ट्र बैंक र सो बैंक मातहत रहेको २३७ वटा बैंक, बीमा समिति र सो मातहत रहेका २७ वटा बीमा कम्पनीलाई सूचना अधिकारी नियुक्त गर्नका लागि तीन बुँदे निर्देशन जारी गरेको थियो । त्यस्तै २५७ ओटा गैर सरकारी सरकारी संस्थाहरुलाई पनि तीन बुँदे निर्देशन पालना गर्न आदेश दिएको थियो ।

Esewa
Crest

राष्ट्रिय सूचना आयोगले दिएको उक्त निर्देशन अझै बीमा कम्पनीहरुले पालना गरेका छैनन् । बीमा क्षेत्रका न्यून कम्पनीले मात्रै उक्त आदेश पालना गरेका छन् । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले आधिकारिक रुपमा सूचना अधिकारी नियुक्त गरेको छ । सो कम्पनीले डेपुटी सिईओ कपिल दाहाललाई सूचना अधिकारीको रुपमा नियुक्त गरेको छ । त्यस्तै प्राईम लाईफ इन्स्योरेन्सले कम्पनी सचिव राजन प्रसाद अधिकारीलाई सूचना अधिकारी तोकेको छ । त्यस्तै सिद्धार्थ इन्स्योरेन्समा मनोज द्यौराली सूचना अधिकारी तोकिएको छन् । निर्जिवन बीमा कम्पनीहरु मध्ये सिद्धार्थ इन्स्योरेन्स एक मात्र सूचना अधिकारी तोक्ने कम्पनी हो । यस बाहेक अन्य कम्पनीहरुमा सूचना अधिकारी नै छैनन् ।

सबैभन्दा ठूलो बीमा कम्पनीको रुपमा कारोबार गर्दै आएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले पनि सुचना अधिकारी नियुक्त गरेको छैन । त्यसो त मेट लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो वेभसाईटमा कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरुको विवरण समेत उपलब्ध गराएको छैन ।

केही कम्पनीहरुले सूचना अधिकारी भनेर आन्तरिक रुपमा नियुक्त गरेपनि कार्यालयमा फोटो र मोबाईल नम्बरसहितको विवरण राख्ने तथा वेभसाईटमा फोटो, मोबाईल नम्बरसहितको जानकारी अपलोड गरेका छैनन् ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचना अधिकारी नियुक्त गर्नु भन्ने आफ्नो निर्देशन पालना नभएको फेला परे कानुन बमोजिम हुने बताए । प्रमुख आयुक्त बास्कोटाले इन्स्योरेन्स खवरडटकमसँग भने, ‘अहिले कहीबाट लिखित उजुरी परेको छैन, राष्ट्रिय सूचना आयोगमा उजुरी परेका बखत इजलासले कस्तो कारवाही गर्दछ भनेर आदेश दिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS