IME Life New

सुन आयातमा कोटा सिस्टम हटाउनुपर्छ: व्यवसायी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुन आयातमा लगाइएको कोटा हटाउन सुन चाँदी व्यवसायीले माग गरेको छ । बजारलाई नियन्त्रित तरिकाले कोटा सिस्टम चलाइरहेकाले सुन आयातको कोटा हटाउन माग गरेको सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

सुन आयातमा कोटा सिस्टम लागू भएकोले बजारमा सुनको माग अनुसार बिक्रि वितरण गर्न नसकेको अध्यक्ष शाक्यको भनाई छ । राज्यको कर दायित्व भुक्तानी गरी स्वदेशमा रोजगारी सिर्जना गर्ने र व्यवसाय गर्ने अधिकार स्थापित गर्न सरकारसमक्ष आग्रह गरेको उनले बताए । साथै राज्यको तर्फबाट स्पष्ट मापदण्ड बनाई सुन चाँदी व्यवसायको विकास र प्रवद्र्धन हुने ऐन नियम कार्यविधि निर्माण गर्न समेत सरकारसँग माग गरेको शाक्यले बताए ।

Esewa
Crest

सिजनमा ४० किलो सुनको माग भएपनि बजारमा १० किलो मात्रै आयत हुदै आएको छ । नियमसंगत बैंकबाट आएका सुन बाहेक विदेशबाट आउने नेपालीले भन्सार नतिरी ५० र भन्सार तिरेर ल्याउने १०० ग्राम सुनले बजार धानिरहेको महासंघले जनाएको छ ।

विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यवस्थाको समिक्षा गर्न जरुरी रहेको महासंघले जनाएको छ । सोमबार नेपाल सुनचान्दी व्यवसायी महासंघ, नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरि सुन कोटाको आयात घटाउन सरकारसँग माग गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS