IME Life New

सुनचाँदी व्यवसायीलाई अपराधि जस्तो ब्यवहार गर्न थालियोः नेपाल सुनचाँदी ब्यवसायी महासंघ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनका गहगहनाहरु लाई प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको करोबार गर्ने ब्यवसायीहरु लाई पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेको भन्दै आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले विहिबार एक विज्ञप्ति जारी गर्दै राज्यले तोकेको मापदण्ड अनुरुप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालिएको र यसले आम ब्यवसायीलाई हतोत्साही मात्र वनाएको छैन, सिङगो पेशा प्रति नै वितृष्णा पैदा गरेको जनाएको हो ।

महासंघका प्रवक्ता मनोज कुमार साहद्धारा जारी विज्ञप्तिमा विधिवत तरिकाले बैंकवाट आउने सुन वाहेक विदेशवाट आउनेहरुले विना भन्सार ५० ग्राम सम्म र भन्सार तिरेर थप ५० ग्राम सुनका गरगहना ल्याउन पाउने ब्यवस्था भएपनि यसरी आउने सुनले बजारको मागलाई केही हदसम्म भए पनि बजारको मागलाई परिपूर्तिगर्न सहयोग पुर्याएको महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।

Esewa
Crest

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा यसरी ल्याइएका सुनका गहगहनाहरु लाई प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको  करोबार गर्ने ब्यवसायीहरु लाई पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेको छ । राज्यले तोकेको मापदण्ड अनुरुप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालिएको छ । जसले आम ब्यवसायीलाई हतोत्साही मात्र वनाएको छैन, सिङगो पेशा प्रति नै वितृष्णा पैदा गरेको छ ।’

‘सरकारले सुनका गरगहना नेपाल ल्याउँदा सम्वद्ध चेकजाँच गर्ने स्थान (भन्सार नाका) मा नै त्यसको वैधता परीक्षण गर्न आवश्यक हुन्छ’ विज्ञप्तिमा भनिएको छ ‘भन्सार वाट विविधत रुपमा ल्याइएका गरगहनाहरु त्यस पश्चात ब्यवसायीकोमा जम्मा हुँदा त्यसैलाई अवैध सम्झने, गरगहना देख्ने वित्तिकै त्यस प्रति गलत आसंका गर्ने, ब्यवसायीलाई त्रसित वनाउने, अनुगमनका नाममा अनावश्यक दुःख दिने जस्ता कार्य निन्दनिय छन् ।’

नेपालको राजपत्रमा ५० ग्राम सम्म सुनका गहना ल्याउन  पाउने प्रष्ट ब्यवस्था छ । यस्तै देवानी संहिताले सुनलाई नगदसरह मान्यता प्रदान गरेको छ । यसर्थ यसरी वैध तरिकाले ल्याइएको सुन कसरी अवैध हुन्छ ? वैध तरिकावाट आयत गरी कारोबार गर्ने कारोवारी कसरी दोषि भए ? यस तर्फ महासंघको गंभिर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ मुलुकभरका सुनचाँदी व्यवसायीेहरुको अधिकारको रक्षार्थ क्रियाशिल संस्था हो । २०४४ सालमा सुनचाँदी व्यवसायी संघका रुपमा गठन भई २०६९ देखि यस संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघको रुपमा रहँदै आएको छ । हाल यससंस्थामा विभिन्न जिल्ला तथा नगर संघ समेतगरी ६६ वटा संघमा आवद्य छन् । यहाँहरु सबैलाई विदितै छ महासंघले आम उपभोक्ता र ब्यवसायीको हक अधिकारको सुनिश्चितता गर्नुका सार्थ सुनचाँदीको दैनिक दरभाउ निधारण गर्ने गर्दछ । साथै नेपाल राष्ट्र बैंकको कार्यविधि अनुरुप प्राप्त सुनलाई आफ्ना सदस्य संस्थाहरुलाई बाँडफाँटको कार्य गर्ने गर्दछ । सरकारले पछिल्लो समय दैनिक १० किलोग्राम सुनको आपूर्ति व्यवस्था गरेको छ । जुन व्यवसायीका लागि निकै अपुग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS