कठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सु प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भएर प्रति तोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।












