IME Life New

सिवाईसी नेपाल लघुवित्तको नाफा ५५% ले बढ्यो, ईपीएस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा ५५ दशमलव ०८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७७/७८ मा कम्पनीले ५ करोड १८ लाख खुद नाफा गरेकोमा आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासमा कम्पनीको खुद नाफा बढेर ८ करोड ३३ लाख पुगेको छ।

१२ करोड १६ लाख चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भमा २८ करोड ८ लाख रहेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

Esewa
Crest

कम्पनीको खुद ब्याज आम्दानी ५७ दशमलव २३ प्रतिशतले बढेर २१ करोड ९९ लाख पुगेको छ ।

यस अवधिमा कम्पनीको सापटी ४६२ दशमलव ८७ प्रतिशतले बढेर १ अर्ब ६४ करोड पुगेको छ भने निक्षेप संकलन ५७ दशमलव ६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड पुगेको छ । त्यस्तै कम्पनीको कर्जा प्रवाह १०५ दशमलव २१ प्रतिशतले बढेर ३ अर्ब ५९ करोड पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी  २ रुपैयाँ ९५ पैसा बढेर ६६ रुपैयाँ ४ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS