IME Life New

सिमराकाे हाेटल इच्छा बन्याे मधेश प्रदेशकै पहिलाे ‘पाँच तारे हाेटल’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै । बाराकाे सिमरामा अवस्थित हाेटल इच्छाले पर्यटन विभागबाट मधेश प्रदेशकाे पहिलाे पाँच तारे हाेटलकाे मान्यता पाएकाे छ। हाेटलले भाैतिक पूर्वाधार थप गरेर १०० वटा काेठा पुर्याए पछि विभागबाट पाँच तारे हाेटलकाे मान्यता दिएकाे हाे ।

चार तारे स्तरकाे हाेटलकाेरुपमा स‌ंचालनमा आएकाे छ वर्षपछि बल्ल याे हाेटल स्तराेन्नती भएर पाँच तारे हाेटलकाे मान्यता पाएकाे हाे । याे हाेटलमा घरजग्गा व्यवसायी इच्छा बहादुर वाग्लेकाे मुख्य लगानी छ।

Esewa
Crest

भारतीय बजार नजिकै रहेका कारण व्यवसायीक सभा सम्मेलन, क्यासिनाे जुवा खेल्न, घुमघाम गर्न र वैवाहिक कार्यक्रमकाे आयाेजनाका लागी भारतीय पर्यटकहरू याे हाेटलमा मुख्य गरी आउने गरेका छन् ।

काठमाण्डाैं उपत्यकाभित्र पाँच तारे हाेटलकाे मान्यता प्राप्त गर्नका लागी स्वीमङ पुल, सभा हल,रेष्टुरेन्ट,जिमखाना, क्यासिनाे लगायतका पूर्वाधार समेत एउटै परिसरभित्र काठमा कम्तीमा १२० वटा काेठा भएकाे हाेटल आवश्यक पर्छ। र उपत्यकाबाहिर कम्तीमा ८० वटा काेठा भएकाे हाेटलले पाँच तारे हाेटलकाे मान्यता पाउन सक्छन् ।

पाँच तारे हाेटलकाे मान्यता पाएकाे हाेटलले प्रत्येक पाँच वर्षमा ताेकिएकाे मापदण्ड अनुसारकाे पूर्वाधार र सेवा रहे नरहेकाे परिक्षण गराएर प्रमाण पत्र नविकरण गराउनुपर्छ।

पर्यटन विभागका अनुसार नेपालमा पाँच तारे स्तरका हाेटलकाे स‌ंख्या १९ पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS