IME Life New

सिभिल क्यापिटल मार्केटको सन्ध्याकालिन सेवा पुन: सुचारु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले पुन: सन्ध्याकालिन सेवा सञ्चालनमा ल्याएको छ । विश्वव्यापि रुपमा फैलिएको कोभिड–१९ ले गर्दा केहि समय उक्त सेवा स्थगित गरिएकोमा पुनः सुचारु गर्ने निर्णय गरिएको सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

सिभिल क्यापिटलका अनुसार फाल्गुन १५ गते आइतरबाट सार्वजानिक विदाको दिन भने सेवा बन्द रहनेछ । आईतबार देखि विहिबारसम्म वेलुका ४ः०० बजेदेखि साँझ ५ः३० बजेसम्म र शुक्रबार साँझ ४ः०० बजेसम्म सम्पुर्ण सेवा प्रदान गरिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले बताए ।

Esewa
Crest

विगत १३ बर्षदेखि ग्राहकवर्गको सेवामा सेवारत यस संस्थाले प्राथमिक शेयर निश्कासन गर्ने (आइपीओ), आइपिओ परामर्श सेवा, निक्षेप सदस्य (डीपी) लगानी व्यवस्थापनको कार्य (पिएमएस) र शेयर प्रत्याभुति (अन्डर राइटिङ) संस्थागत परामर्श (कर्पाेरेट एडभाइजरी) लगायतका पुँजी बजार सम्बन्धि सम्पुर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा सामुहिक लगानी कोष (म्युचुअल फन्ड) शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए ।

सिभिल क्यापिटलले प्रदान गरिरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापनको कार्यको सुझाव सिभिल बैंक लि. को सातै प्रदेशमा रहेको १२० वटा शाखाहरुबाट सहज रुपमा उपलब्ध हुने ढुङ्गेलको भनाई छ ।

साथै, आगामी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली द्रुत गतिमा आधुनिकिकरण गर्दै डिजिटल सेवा मार्फत ग्राहकलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्ने समेत प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS