IME Life New

सिभिल क्यापिटल मार्केटको १३औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको १३औंं वार्षिक साधारण सभा सिटिसी मल, सुन्धारा, काठमाडौंमा सम्पन्न भएको छ । सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ ।

विगत १३ वर्षदेखि संचालन भइरहेको सिभिल क्यापिटलले निरन्तर रुपमा लाभांश प्रदान गर्दै आइरहेको भएतापनि गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशतसम्म लाभांश प्रदान गर्न सक्ने क्षमता भए पनि संस्थाको मजबुतिकाका लागि आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश वितरण नगरी सम्पुर्ण नाफा रकम जगेडाकोषमा सार्ने प्रस्ताव पारित गरिएकोछ । चालु आर्थिक वर्ष २०७८/७९ मा शेयरधनीहरुलाई उच्च प्रतिफलको लाभांश वितरण गर्न संस्था सफल हुने कुरामा साधारणसभाले शेयरधनीहरुलाई विश्वास गराएको छ ।

Esewa
Crest

सभाले विशेष प्रस्ताव अन्तरगत सम्बन्धित निकायको स्वीकृती लिई विभिन्न सेवाहरु संचालन गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेको छ । छिटो छरितो तथा ग्राहकमुखि सेवा दिदै ग्राहक एवं लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS