IME Life New

सिबिफिनको उप-महानिर्देशकमा रोशन कोइराला नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको अग्रणी संस्था– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त भएका छन् । हाललाई कार्यालय प्रमुखको समेत जिम्मेवारी उनलाई दिइएको छ । नेपालको एक अग्रणी वाणिज्य बैंकबाट भर्खरै मात्र स्वेच्छिक अवकास लिनुभएका कोइरालाले वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकसम्मको पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् ।

व्यापार प्रशासनमा स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गरेका कोइरालाले रणनीतिक मानवीय पूँजी व्यवस्थापन, व्यवस्थापन विकास, व्यवस्थापकिय नेतृत्व विकास तथा अध्यापन, तालिम र पेशागत विकास जस्ता क्षेत्रहरुमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरुबाट विशिष्ट तालिम समेत प्राप्त गरेका छन् ।

Esewa
Crest

कर्पोरेट, एसएमई, खुद्रा ऋण, निक्षेप मार्केटिङ, विदेशी व्यापार, जनशक्ति व्यवस्थापन, बैंकिङ क्षेत्रको रणनीतिक विकास, वित्तीय जोखिम न्यूनीकरण, बजारको गतिशीलता, वित्तीय स्थायित्व, दिगो विकास, समष्टिगत अर्थतन्त्रको हित जस्ता क्षेत्रमा कोइरालाको गहिरो ज्ञान र अनुभव रहेको छ ।

बैंकिङ क्षेत्रका समग्र लगानीकर्ता तथा निक्षपकर्ताको हितको संरक्षण गर्दै वित्तीय क्षेत्रको सुदृढता र स्थायित्व, उत्पादकत्व तथा रोजगार अभिवृद्धि, नवप्रवर्तन तथा स्वउद्यमशिलताको विकास, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, आर्थिक एवं बैंकिङ क्षेत्रका महत्वपुर्ण विषयवस्तुमाथि अध्ययन–अनुसन्धान गर्दै सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा नेपाल सरकार, सम्बन्धित नियामक निकाय र राष्ट्रिय एवं अन्तरािष्ट्रय संघ/संस्थाहरुसँग निरन्तर सहकार्य र सहयोगीको भूमिका निर्वाह गर्दै आएको सिबिफिनले कोइरालाको नियुक्तीबाट थप उचाइँ प्राप्त गर्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS