IME Life New

सिप्रवी सेक्युरिटीजको नयाँ शाखा विरगञ्जमा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिप्रवी सेक्युरिटीज प्रालि (ब्रोकर नं.२२)ले विरगञ्ज शाखा विस्तार गरेको छ। सिप्रवीले विरगञ्जको आदर्शनगरस्थित रुंगटा मलमा विस्तारित शाखा शुक्रबारबाट सञ्चालनमा ल्याएको हो। शाखाको एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले उद्घाटन गरेका हुन् ।

ललितपुरस्थित पुलचोकमा मुख्य कार्यालय रहेको सिप्रवीले यसअघि पनि वीरगन्जमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। सिप्रवीले गत वर्ष वीरगन्जमा सेयर मार्केटका लगानीकर्ताका लागि सचेतना कार्यक्रम पनि आयोजना गरेको महाप्रबन्धक जयन्त श्रीवास्तवले जानकारी दिए।

Esewa
Crest

श्रीवास्तवका अनुसार सिप्रवीले अन्य शेयर ब्रोकरको तुलनामा नयाँ खाता खोल्ने ग्राहकलाई ई–मेलमार्फत शेयर बजारसम्बन्धी निःशुल्क शैक्षिक सामग्री पठाउने गरेको छ। त्यस्तै सिप्रवीका ग्राहकले सहज रुपमै चलनचल्तीका च्याटिङ एपहरु जस्तैः भाइबर, ह्वाट्सएप, गुगल र फेसबुक म्यासेन्जरमार्फत ब्रोकरलाई आफ्ना गुनासा टिपाएर समाधान खोज्न सक्छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS