IME Life New

सिनर्जी पावरको विशेष साधारण सभा रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले फागुन ४ गते बोलाएको विशेष साधारण सभा रद्द गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको थियो ।

हकप्रद निष्काशनको प्रस्ताव १५औं वार्षिक साधारण सभाबाट पारित भइसकेको अवस्थामा विशेष साधारण सभाबाट पारित गर्नुनपर्ने भएकाले कम्पनीको माघ २७ गतेको सञ्चालन समितिको बैठकले सभा रद्द गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

कम्पनीले विशेष साधारण सभामार्फत जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र प्रबन्धपत्र संशोधनका लागि आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने कार्यक्रम तय गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रहेको छ । विद्युत नियमन आयोगबाट कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि माघ १२ गते स्वीकृति प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS