IME Life New

सिद्धार्थ बैंकले कोशी अस्पताललाई हेमोडायलाइसीस मेसिन प्रदान गर्न गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विराटनगर स्थित कोशी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख वरावरको अस्पतालले उपलब्ध गराएको बिवरण बमोजिम हेमोडायलाइसीस मेसिनहरु प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र कोशी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्टडा.यज्ञराज खरेलले हस्ताक्षर गरे ।

कोशी अस्पतालले उक्त हेमोडायलाइसीस मेसिन अस्पतालमा आउने विरामीहरुको उपचारको लागि प्रयोग गर्नेछ । बैंकले पु¥याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न केहि हदसम्म भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

Esewa
Crest

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउंदै आएको छ भने आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाइ सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS