IME Life New

सिद्धार्थ बैंकको साधारण सभा पुस ३० गते, भर्चुअल माध्यमबाट हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीका कारण सिद्धार्थ बैंकको पुस ३० गते हुने भनिएको साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ । कम्पनीले सभा सिल्भर ओक ब्याक्वेंट गैह्रिधारा, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

कम्पनीले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न तथा बचाउनका लागि सम्पूर्ण शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट साधारण सभामा सहभागिता जनाउन बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

सभामा सहभागि हुन तथा मन्तव्य राख्न चाहने शेयरधनीले सभा शुरु हुनुभन्दा २४ घण्टा अगाडि आफ्नो परिचयपत्र, डिम्याट खाता खोलिएको प्रमाणको स्क्यान कपी समावेश गरी इमेल ठेगानामा पठाउनु पर्ने बे.कले जनाएको छ ।

सभाले प्रस्तावित १४ दशमलव २५ प्रतिशत बोनश शेयर र शून्य दशलमव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS