IME Life New

सिद्धार्थ बैंकको लघुकर्जा “स्कोरकार्ड मोडल” को आधारमा प्रदान गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरल तथा सहज रुपमा साना तथा मझौला व्यवसायीलाई छोटो समयमै कर्जा प्रदान गर्ने उद्देश्यका साथ सिद्धार्थ बैंकले ग्राहकको वित्तीय तथा गैर वित्तीय सुचांकहरुको आधारमा कर्जा स्वीकृती प्रक्रिया “स्कोरकार्ड मोडल” को प्रारम्भ गरेको छ ।

स्कोरकार्ड मोडल अन्तर्गत बैंकले रु एक करोड सम्मको लघु, साना तथा मझौला कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको २४ कार्य घण्टा भित्र स्वीकृत गरिने व्यवस्था मिलाएको छ ।
यो स्कोरकार्ड मोडल सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमहरुको लागि सरल प्रक्रियामा कर्जा प्रधान गर्न र वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।

Esewa
Crest

यस व्यवस्था अन्तर्गत कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१(५९७००२० मा सम्पर्क गर्न बैंक सबै ग्राहक महानुभावहरुलाई अनुरोध गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS