IME Life New

सिद्धार्थ बैंकको प्रस्तावित १५ प्रतिशत लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रबार बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी दश अर्ब छयानब्बे करोड बाईस लाख १९ हजार १ सय ९५ रुपैँयाको १४.२५ प्रतिशत बराबरको एक अर्ब छपन्न करोड एक्काइस लाख सत्ताइस हजार छ सय छत्तीस रुपैंया बोनश शेयर तथा ०.७५ प्रतिशत बराबर अर्थात आठ करोड बाईस लाख सत्र हजार दुई सय चौवालीस रुपैंयाको नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

Esewa
Crest

वि.सं. २०५९ सालमा स्थापना भए देखिनै सिद्घार्थ बैंक ग्राहकवर्गको चाहाना बमोजिम सेवा प्रदान गर्न प्रतिबद्ध रहदै आएको छ । ग्राहकका लागि नवीनतम प्रविधिमैत्री सेवा विस्तार गर्दै १९ वर्षको सफल यात्रा पुरा गरेको यस सिद्धार्थ बैंक सम्पूर्ण सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न सधैँ प्रयत्नरत रहेको छ ।

नेपालीमाझ बैंकिङ्ग पहुँच पु¥याउने उद्देश्यका साथ बैंकले हालसम्म १८९ शाखा, २०८ एटिएम ११४ शाखारहित बैंकिङ्ग, १,८९० पिओएस् मार्फत देश भरीनै आफ्नो सञ्जाल विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS