IME Life New

सिटी होटलको आइपीओ बाँडफाँड, १६ हजार ७४० जनाले पाए १० कित्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी होटल लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान आइपीओ बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार यस आइपीओमा कुल १९ हजार ७ सय ४८ जनाको आवेदन परेको थियो। जस मध्ये १९ हजार ७ सय ३९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जसअनुसार १६ हजार ७ सय ४० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदन भने हात खाली भएका छन् ।

Esewa
Crest

कम्पनीले चैत्र २१ देखि वैशाख ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आइपीओ बिक्रि खुला गरेको थियो। कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई १ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको थियो।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS