IME Life New

सिटिजन लाइफले ल्यायाे टिकटक प्रतियाेगिता, प्रथम् हुनेलाई रु २० हजार नगद पुरस्कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । सामाजिक सञ्जाल टिकटकका पारखीहरुलाई लक्षित गर्दै सिटिजन लाइफ इन्स्याेरेन्सले तीज टिकटक प्रतियाेगिताकाे घाेषणा गरेकाे छ। तीजकाे अवसर पारेर सिटिजन लाइफकाे गीतमा नाचगान गरेर टिकटक बनाउने प्रतियाेगिलाई २० हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गर्नेछ ।

ईच्छुक व्यक्तिले सिटिजन लाइफकाे आधिकारिक टिकटक पेजमा उपलब्ध गीत प्रयाेग गरेर टिकटक भिडियाे बनाएर पाेष्ट गर्नुपर्नेछ। यसरी पाेष्ट गर्दा सिटिजन लाइफ नेपाल ट्याग गर्ने र ‘यसपालीकाे तीज सिटिजन लाइफसँग’ भन्ने ह्यासट्याग प्रयाेग गर्नुपर्ने शर्त रहेकाे छ।

Esewa
Crest

तीजकाे समयमा महिला दिदी बहिनीहरुलाई तीजकाे रमाइलाेसँगै जीवन बीमाका लागी समेत सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीज टिकटक प्रतियाेगिताकाे आयाेजना गरिएकाे कम्पनीले जानकारी दिएकाे छ।

सिटिजन लाइफले प्रतियाेगितामा प्रथम स्थान हासिल गर्ने प्रतियाेगीलाई २० हजार रुपैयाँ, दाेश्राे स्थान हासिल गर्ने प्रतियाेगिलाई १० हजार र तेश्राे स्थान हासिल गर्ने प्रतियाेगीलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने घाेषणा गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

58%
happy

खुसी

8%
sad

दु :खी

17%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS