IME Life New

सिटिजन लाइफको जीवन बीमा कोष १०३% ले बढ्यो, अधिकांश सूचकमा उत्साहजनक प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को दोश्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै गएको छ । यस अवधिमा कम्पनीले जीवन बीमा कोष १०३.७९ प्रतिशले वृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षको पौष मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. २ अर्व ३९ करोड ८१ लाख थियो । यस वर्षको पौष मसान्तमा सो रकम ४ अर्व ८८ करोड ७१ लाख पुगेको छ ।

यसका साथै कम्पनीले गत आर्थिक वर्षको पौष मसान्तसम्ममा कुल बीमाशुल्क रु. १ अर्व ४० करोड २१ लाख संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा रु. २ अर्व ४८ करोड ३१ लाख संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन ७७.१० प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ७९ करोड ६४ लाखबाट ११.७२ प्रतिशतले बढाएर ८८ करोड ९८ लाखको उचाई पुर्याएको छ साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्यकर्जाबाट प्राप्त हुने आयमा ४१.६० प्रतिशतको वृद्धि गरी रु.३२ करोड ७९ लाख पु-याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकमरु ७ अर्व ६४ करोड मध्ये करिब ७४.६७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

Esewa
Crest

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउदै लैजाने उद्धेश्यका साथ कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS