IME Life New

सिटिजन्स म्युचुअल फन्डका तीनवटै योजनाको बढ्यो लगानी, एउटा नाफामा जाँदा दुईवटा घाटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको माघ महिना वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका सिटिजन्स म्युचुअल फन्ड–१, फन्ड–२ र सिटिजन्स सुपर ३० को वित्तीय विवरण सार्वजनिक भएको हो। पुसको तुलनामा माघमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ।

Esewa
Crest

माघमा सिटिजन्स फन्ड–१ को न्याभ घटेर १०.१७ रुपैयाँ पुगेको छ। पुसमा न्याभ १०.४७ रुपैयाँ थियो। यो योजनाको कुल लगानी पनि बढेर माघमा ७८ करोड १८ लाख रुपैयाँ पुगेको छ। पुसमा कुल लगानी ७३ करोड ४७ लाख रुपैयाँ थियो। गत पुसमा १ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले माघमा भने ६१ लाख ६८ हजार रुपैयाँ घाटा व्यहोरेको छ।

यसैगरी गत पुसमा सिटिजन्स म्युचुअल फन्ड–२ को १०.०६ रुपैयाँ न्याभ रहेकोमा माघमा घटेर ९.८६ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने बढेर माघमा ५३ करोड ७६ लाख रुपैयाँ पुगेको छ। पुसमा कुल लगानी ४९ करोड ८ लाख रुपैयाँ थियो। गत पुसमा ३५ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले माघमा ७८ लाख ९२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ।

गत पुसमा सिटिजन्स सुपर ३० को १०.७७ रुपैयाँ न्याभ रहेकोमा माघमा बढेर १०.७८ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर माघमा ५१ करोड ५० लाख रुपैयाँ पुगेको छ। पुसमा कुल लगानी ४६ करोड ९० लाख रुपैयाँ थियो। गत पुसमा ४ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले माघमा पनि ४ करोड १२ लाख रुपैयाँ कमाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS