IME Life New

सिटिजन्स म्युचुअल फन्डका एउटा योजना नाफा कमाउँदा दुईवटा घाटामा, न्याभ भने सबैको बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको मंसिर महिना वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका सिटिजन्स म्युचुअल फन्ड–१, फन्ड–२ र सिटिजन्स सुपर ३० को वित्तीय विवरण सार्वजनिक भएको हो। कात्तिकको तुलनामा मंसिरमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ।

Esewa
Crest

मंसिरमा सिटिजन्स फन्ड–१को न्याभ बढेर ९.७१ रुपैयाँ पुगेको छ। कात्तिकमा न्याभ ९.३५ रुपैयाँ थियो। यो योजनाको कुल लगानी पनि बढेर मंसिरमा ६७ करोड ९७ लाख रुपैयाँ पुगेको छ। कात्तिकमा कुल लगानी ६५ करोड ७१ लाख रुपैयाँ थियो। गत कात्तिकमा ७ करोड ३५ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले मंसिरमा पनि ४ करोड ३८ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

यसैगरी गत कात्तिकमा सिटिजन्स म्युचुअल फन्ड–२ को ९.११ रुपैयाँ न्याभ रहेकोमा मंसिरमा बढेर ९.४७ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर मंसिरमा ४६ करोड ८४ लाख रुपैयाँ पुगेको छ। कात्तिकमा कुल लगानी ४३ करोड ४७ लाख रुपैयाँ थियो। गत कात्तिकमा ४ करोड ९६ लाख रुपैयाँ घाटा व्यहोरेको यो योजनाले मंसिरमा पनि २ करोड ९५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

गत कात्तिकमा सिटिजन्स सुपर ३० को १०.०४ रुपैयाँ न्याभ रहेकोमा मंसिरमा बढेर १०.४० रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी बढेर मंसिरमा ४४ करोड ६ लाख रुपैयाँ पुगेको छ। कात्तिकमा कुल लगानी ३९ करोड ५८ लाख रुपैयाँ थियो। गत कात्तिकमा १ करोड ४० लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले मंसिरमा भने १ करोड ३० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS