IME Life New

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ती गर्ने, तिनाउ र सिर्जना प्राप्ती पछि यस्तो हुनेछ वित्तीय अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ती गर्ने भएको छ। सनराइज बैंक सँग मर्जर प्रकृया भाडिए पछि सिटिजन्सले बुधबार सिर्जनालाई प्राप्ती गर्न लागेको हो। स्रोतका अनुसार बिराटनगरमा बैंक तथा फाइनान्सका प्रतिनिधिले संझौतापत्रमा हस्तारक्षर गर्न लागेका हुन्। बैंकले ९० रुपैयाँदेखि ९५ रुपैयाँमा प्राप्ती गर्ने स्रोतले जनाएको छ।

२०७६ माघ ६ गते सनराइजले सिर्जनालाई प्राप्ती गर्न संझौतापत्रमा हस्ताक्षर गरेको थियो। तर स्वाप रेसियो लगायतका विषयमा सहमति हुन नसक्दा मर्जर भाडिएको हो। राष्ट्र बैंकले मर्जरका लागि दवाव दिए पनि मर्जर भने सफल हुन सकेन। सनराइज सँग मर्जर सफल नभए पछि फाइनान्सले सिटिजन्स सँग गाभिने निर्णय गरेको हो।

Esewa
Crest

हाल सिर्जना फाइनान्सको चुक्ता पुँजी ८४ करोड ८७ लाख रुपैयाँ रहेको छ। प्रारम्भिक सहमति अनुसार स्वाप रेसियो ९० देखि ९५ रुपैयाँको विचमा हुने स्रोतले जनाएको छ। यदि स्वाप रेसियो ९५ रुपैयाँमा सहमति भएमा फाइनान्सको ८० करोड ५० लाख रुपैयाँ सिटिजन्समा गाभिनेछ।

सिटिजन्सले तिनाउ मिसनलाई प्राप्ती गर्ने प्रस्ताव विशेष साधारणसभाबाट पारित गरिसकेको छ। सटिन्सले तिनाउलाई एक कित्ता बराबर ०.९६ कित्ताको स्वाप रिसियोमा प्राप्ती गर्न लागेको छ। स्वाप रेसियोका आधारमा तिनाउको एक अर्ब ७४ करोड रुपैयाँ पुँजी सिटिजन्समा जोडिने छ। विशेष साधारणसभाबाट पारित भैसकेकोले नेपाल राष्ट्र बैंकको स्वीकृति पछि दुबैले एकिकृत कारोबार सुरु गर्ने छन्।

हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। तीन वटै संस्थाको मर्जर प्रकृयाँ सफल पछि सिटिजन्स बैंकको चुक्ता पुँजी १२ अर्ब २६ करोड रुपैयाँ पुग्नेछ। तीन वटैको मिलन पछि सिटिजन्सको निक्षेप संकलन एक खर्ब २३ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा लगानी एक खर्ब १३ अर्ब कायम हुनेछ।

यस मर्जरमा तिनाउन मिसन बाहेक सिटिजन्स र सिर्जना फाइनान्सको खराब कर्जा धेरै छ। सिटिजन्सको खराव कर्जा २.४२ प्रतिशत छ भने सिर्जनाको ३.४८ प्रतिशत छ। तिनाउ मिसनको भने ०.७७ प्रतिशत मात्रै छ। सिटिजन्स आफैको खराब कर्जा धेरै भएकोले तिनाउ प्राप्ती पछि सिटिजन्सलाई केहि सिनर्जी दिने देखिन्छ।

हाल दोस्रो बजारमा तिनाउ मिसन र सिर्जना फाइनान्सको कारोबार रोक्का छ। सिटिजन्स बैंकको भने दोस्रो बजारमा ३०५ रुपैयाँमा कारोबार भैरहेको छ।

तीन वटा संस्थाको एकिकृत कारोबार पछि यस्तो हुनेछ वित्तीय अवस्था 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS