IME Life New

सिटिजन्स बैंकले ल्यायो कार्ड लेस क्यास विड्रल सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकको लागि कार्ड लेस क्यास विड्रल सेवाको सुरुवात गरेको छ । यस सुविधा मार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ।

बैंकका अनुसार यस प्रविधीमा मोबाइलमा पासवर्ड प्राप्त गरि सो पासवर्ड ओटिपी निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटिएम मेसिनमा प्रविष्टि गरि पैसा निकाल्न सकिने छ । यो प्रविधी सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटिएमबाट पैसा निकाल्न सकिने छ ।

Esewa
Crest

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यस सेवाको उद्घाटन गरेका हुन् । सेवा उद्घाटन गर्दै उनले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रबिधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताएका छन्। उनले अब प्रत्येक ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ्ग कारोबार गर्ने समय आएको र सिटिजन्स बैंक पनि यस दिशातर्फ अग्रसर भईसकेको बताए ।

बैंकले यस अघि मोबाइलबाटै खाताको बिबरण हेर्ने, बिभिन्न उपयोगी सेवको भुक्तानी गर्ने, रकमान्तर गर्ने लगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दति खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी गर्ने जस्ता सुबिधा प्रदान गर्दै आइरहेको छ ।

सिटिजन्स बैंकले १७४ वटा शाखाहरुबाट करीब १३ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS