IME Life New

सिटिजन्स बैंकको सीआरएन तथा डिम्याट नम्बर मोबाइल एपबाटै हेर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङ्ग मार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधाको सुरुवात गरेको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवा मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्त्तरोन्नती गरेपछि यस सेवाको सुरुवात गरेको जनाएको छ ।

यस सेवा प्रारम्भ भएसँगै प्राथमिक सेयर निश्कासनको समयमा आवश्यक सीआरएन नं याद गरिरहन पर्ने झन्झटबाट ग्राहक मुक्त हुने विश्वास बैंकले लिएको छ ।

Esewa
Crest

हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक, ई–क्यास पठाउने, रकम जम्मा गर्न ई–भौचर प्रयोग गर्ने लगायतका सुविधासमेत थप गरेको छ ।

यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS