IME Life New

सिटिजन्स बैंकको अमरापुरी शाखाले विद्यालयलाई वितरण गर्यो शैक्षिक सामग्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले शैक्षिक सामग्री वितरण गरेको छ । शाखाले गैंडाकोट नगरपालिका १५ अमरापुरी, नवलपरासी पूर्वमा अवस्थीत लक्ष्मी माध्यमिक विद्यालयको वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको हो ।

Esewa
Crest

विद्यालयले शैक्षिक सामाग्री वितरणलाई एक उदाहरणीय रुपमा लिएर सहयोगको लागि शाखाप्रति कृतज्ञता समेत व्यक्त गरेको छ । यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम हो भन्ने विश्वास बैंकले लिएको छ ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS