IME Life New

सिटिजन्स क्यापिटलको वार्षिक साधारणसभाबाट १५.५% नगद लाभांश अनुमोदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स क्यापिटलको आज सम्पन्न १८औँ वार्षिक साधारणसभाबाट १५.५ प्रतिशत नगद लाभांश अनुमोदन भउको छ।

काठमाडौंको ज्ञानेश्वरस्थित एटिक मिटिङ हलमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको हो।सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आव २०८०।८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गरेको छ। साथै, आव २०८१।८२ का लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावलीअनुसार गरिएको सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालकहरुको बैठक भत्ता परिमार्जन गरेको छ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर), शेयर रजिस्ट्रार तथा डि–म्याट खाताजस्ता लगानीकर्तासँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमतिप्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो। यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगीव्यवसायीहरुको सहलगानी रहेको छ।

काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ। सिटिजन्स क्यापिटलमा अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पुँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानीव्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरिका सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS