IME Life New

सिजी मोटर्सले नेपाली बजारमा सार्वजनिक गर्न लागेको रेडार पिकअपमा के छ विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा चिनियाँ विद्युतीय सवारीसाधन भित्र्याई रहेको चौधरी समूह अन्तर्गतको सीजी मोटर्सले नाडा अटो शो २०२४ मार्फत् चीनमा निर्मित रेडार पिक अप जीप सार्वजनिक गर्ने भएको छ।

चीनमा अप्रिल २०२४(गत बैशाख) महिनामै सार्वजनिक गरिएको यो पिकअपमा चालकको सिट देब्रेपटी रहेकोमा नेपाली बजारका लागि दाहिने पटी चालकको सिट रहेको मोड सार्वजनिक गर्न लागिएको हो । सिजी मोटर्सका अनुसार पिक अप कार उत्पादक गिलीकोले नेपाली बजारबाटै दाहिनेतर्फ चालक सिट भएको राइट ह्याण्ड ड्राइभ मोडललाई सार्वजनिक गर्न लागेको हो।

Esewa
Crest

नाडा अटो शो आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म भृकुटी मण्डपमा आयोजना हुँदैछ। चीनमा राडार नाममा बिक्री भई रहेको यो पिक अप नेपाल, थाइल्याण्ड लगायतका अन्तर्राष्ट्रिय बजारमा रेडार नामबाट बिक्री गर्ने तयारी छ। आगामी नोभेम्बरमा आयोजना हुने थाइल्याण्डको ४१ औं अन्तरष्ट्रिय मोटर एक्सपोमा पनि यो मोडेलको पिक अप सार्वजनिक गरिंदैछ ।

यो विद्युतीय पीकअपको मूल्य अन्तर्राष्ट्रिय बजारमा २० हजार ८७० देखि ३० हजार ५०० अमेरिकी डलरसम्म निर्धारण गरिएको छ।

अफ रोड कुदाउन नमिल्ने र शहरी क्षेत्रको समतल वा उकालो ओरालो सडकमा मात्र गुडाउन मिल्ने यो पीकअप टु ह्वीलर ड्राइभमात्र हो, अर्थात् यसको अघिल्तिरका दुइवटा चक्कामात्र दायाँबायाँ दिशामा घुमाउन मिल्नेछ, पछाडीका दुई चक्कालाई दायाँबायाँ घुमाउन मिल्दैन।

कार न्युज चाइनाले अनुसार चीनमा पहिले नै फोर ह्वील ड्राइभ( चारवटै चक्का दायाँ बायाँ घुमाउन मिल्ने) मोडलको पिक अप बजारमा आइ सके पनि अन्तर्राष्ट्रिय बजारमा भर्खरै टु ह्वीलर मात्र सार्वजनिक गर्न लागेकोमा आश्चर्य जनाएको छ।चीनमा रिडारा होराइजन एयर ब्राण्डबाट फोर ह्वीलर मोडल बिक्रीमा ल्याइएको छ।

कम्पनीले ‘जिलीको सस्टेनेवल एक्सपिरीयन्स आर्किटेक्चर प्लेटफर्ममा आधारित मल्टीप्लेक्स अट्याच प्लेटफर्म’मा यो गाडीको उत्पादन गरेको छ। यो प्लेटफर्ममा उत्पादन भएकाले परम्परागत विद्युतीय पिकअप गाडी भन्दा यसको भारवहन क्षमता अधिक छ ।

यात्राका क्रममा खुट्टा पसार्नका लागि यसको अघिल्लो र पछिल्लो सिटमा यात्रुका लागि अन्य पिकअप गाडीको भन्दा ९० एमएम अधिक स्पेश उपलब्ध छ ।

चीनमा रेडारा ६३, ७३ र ८६ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध छ। रेडाराको टु ह्वील ड्राइभ भर्सनमा रियर एक्सेलमा २०० किलोवाटको इलेक्ट्रीक मोटर छ ।

रेडारा पीकअपको पेलोड क्यापासिटी ७७५ केजी र टोइङमा २५०० केजी छ । यो गाडीले जम्मा ६ किलोवाट इलेक्ट्रिक डिस्चार्ज मात्र दिन्छ।

यो पिकअप ८१५ एमएमसम्मको पानीमा गुड्न सक्छ भने अतिरिक्त भार बिना ९५ डिग्रीको ठाडो उकालोमा पनि उक्लिन सक्छ । यसको लम्बाइ ५२६० एमएम, चौडाइ १९०० एमएम र १८६५ उचाइ रहेको छ । यो ईभीमा ३१२० एमएमको ह्वीलबेस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

27%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

7%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS