IME Life New

सिंगापुरले पायो उत्कृष्ट ‘व्यापार यात्रा गन्तव्य’को ताज, शीर्ष १० मा अरु कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगापुरले उत्कृष्ट व्यापार यात्रा गन्तव्यको ताज पाएको छ। बीसीडी ट्राभलले हालै सार्वजनिक गरेको आफ्ना प्रतिवेदनमा सिंगापुरलाई उत्कृष्ट व्यापार यात्रा गन्तव्यको हिसाबले विश्वमै शीर्ष स्थानमा राखेको हो। यसले कोभिडपछिको बलियो पुनरुत्थान र देशमा लगातार विभिन्न अन्तर्राष्ट्रिय बैठक, सम्मेलन र प्रदर्शनीलाई अपिल गर्नुलाई दर्शाउँदछ।

प्रतिवेदनअनुसार सिंगापुरले कर्पोरेट ट्राभलका लागि अग्रणी गन्तव्यका रुपमा आफ्नो स्थान सुरक्षित गर्दै एसिया–प्रशान्त (एपीएसी) क्षेत्रका अन्य प्रमुख सहरलाई पछाडि पारेको छ। यो सफलताको श्रेय हवाई तथा पर्यटन क्षेत्रमा व्यापक सरकारी सहयोग र रणनीतिक लगानीलाई मानिन्छ।

Esewa
Crest

सिंगापुरले उड्डयन उद्योगलाई बलियो बनाउने उद्देश्यले सन् २०२१ मा ८७० मिलियन डलर मूल्यबराबरको पहल ‘वान एभिएसन सपोर्ट प्याकेज’ पेस गरेको थियो। पर्यटन क्षेत्रको पुनरुत्थान लागि कोभिड महामारीद्वारा ल्याएको चुनौतीलाई सामना गर्न सिंगापुरले लगभग ३०० मिलियन डलर सहायता पनि विनियोजन गरिएको थियो।

वरियतामा सिंगापुरपछि परेको हङकङ एउटा मुख्य वित्तीय हब र नजिकको प्रतिस्पर्धी रहेको छ। हङकङ यो सूचीमा दोस्रो स्थान सुरक्षित गरेको छ। बैंकक तेस्रो स्थानमा छ भने टोकियो र क्वालालम्पुर शीर्ष पाँचमा परेका छन्। शीर्ष १० गन्तव्य पूरा गर्ने क्रमशः सांघाई, सियोल, ताइपेई, जकार्ता र मनिला छन्।

बीसीडी ट्राभलको विश्लेषण उडान लेनदेनमा आधारित रहेको छ। गत वर्ष एपीएसीमा सिंगापुर सबैभन्दा बढी पर्यटक आउने गन्तव्य थियो। पर्यटक संख्यामा चीन र जापानलाई सिंगापुरले उछिनेको थियो।

सिंगापुरको सफलताले व्यावसायिक यात्राको फराकिलो प्रवृतिलाई पनि प्रतिबिम्बित गर्दछ। उन्नत पूर्वाधार र कनेक्टिभिटीका साथै उड्डयन र पर्यटन क्षेत्रका लागि बलियो सरकारी प्रतिबद्धताले व्यावसायिक कम्पनी र व्यक्तिहरु सिंगापुरतर्फ आकर्षित गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS