IME Life New

साैर्य उर्जाकाे प्रवर्द्धनमा राज्यकाे ध्यान नपुगेकाे सराेकारवालाकाे गुनासाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। साैर्य उर्जा उत्पादक उद्यमीले सरकारी उदासिनताका कारण पर्याप्त संभाव्यताका बावजुद नेपालमा साैर्य उर्जाकाे उत्पादन खुम्चि‌ंदै गएकाे गुनासाे गरेका छन् ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान) ले ‘नेपालमा ग्रिड जडित सौर्य आयोजनाको सम्भावना र चुनौती विषयमा शुक्रबार आयाेजना गरेकाे सराेकारवालाहरूसँग अन्तरकृयामा सहभागी उद्यमीले यस्ताे गुनासाे गरेका हुन् ।
 फ्राइडे फोरम अन्तर्गत आयोजना गरिएको अन्तरकृया कार्यक्रममा इप्पानका सदस्य कुवेरमाणि नेपालले विश्वमा साैर्य ऊर्जाको विकास रकेट गतिमा भएपनि नेपालमा यसको अपेक्षित विकास हुन नसक्नुका पछाडि अस्थिर सरकारी नीति मुख्य कारक रहेकाे गुनासाे गरे ।  अर्का प्रस्ताेता विद्युत व्यापार विभागका निर्देशक विक्रम पौडेलले अहिले नेपालमा साैर्य ऊर्जाको उत्पादन कूल उर्जा उत्पादनकाे अनुपातमा ३ प्रतिशत हाराहारी रहेको र यहि गतिमा विकास भए आगामी ५ वर्षभित्र यो १ दशमलव ५ प्रतिशतमा सिमित हुने चेतावनी दिए ।
प्रतिनिधि सभा पूर्वाधार विकास समितिका माननीय सदस्य माधव सापकोटाले अहिले प्रधानमन्त्री र ऊर्जा मन्त्री दुबैजना एकै पार्टीबाट प्रतिनिधित्व गर्ने भएकाले साैर्य उर्जा उत्पादकका जायज मुद्दालाई पार्टीभित्र र सदन दुबै ठाउँमा प्राथमिकताका साथ राख्ने बताए ।
विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह नविकरणीय साैर्य उर्जा उत्पादनका लागि सीमा ताेकिनु नहुने धारणा व्यक्त गरे ।  निजी क्षेत्रका मागसँग आयाेग साथ रहेको भन्दै उनले आगामी दिनमा साैर्य विद्युतका विषयमा पनि आयोगले नीतिहरु बनाउने आश्वासन दिए ।
इप्पानका अध्यक्ष गणेश कार्की साैर्य विद्युत उर्जा प्रवर्द्धकले भाेग्नु परेकाे समस्या र चुनाैतीबारे सरकारी अधिकारीकाे ध्यानाकर्षण गराउन अन्तरकृया गरिएकाे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS