IME Life New

साेमबार सार्वजनिक बिदामा पनि बैंककाे सीमित शाखाहरू खुल्ला रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । फागुन १ गते सरकारले सार्वजनिक बिदा घाेषणा गरेपनि बै‌ंकिङ सेवा खुला रहने नेपाल राष्ट्र बैंकले जानकारी दिएकाे छ। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई नगद काराेबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्नकाे लागी निर्देशन दिएकाे छ।

राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाकाे आवश्यक विभागहरु तथा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसाे १ः३० बजेसम्म खुल्ला राख्न निर्देशन दिएकाे हाे । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंककाे निर्देशनकाे पालना गर्दै ३६५ दिन नै खुल्ला रहने भनी घाेषणा गरिएका काउण्टरहरूबाट सेवा प्रदान गर्नेछन् ।

Esewa
Crest

कुन कुन बैंककाे कुन कुन शाखा खुल्ला रहने छ भन्ने बारेमा सम्बन्धित बैंककाे आधिकारिक फेसबुक पेज वा वेबसाइटबाट ग्राहकले जानकारी लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS