IME Life New

सामुदायिक र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ बाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले मर्जर प्रक्रिया पूरा गरी यही फागुन २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

दुवै लघुवित्तको गत असोज ३० गते सम्पन्न विशेष साधारणबाट एक–आपसमा मर्जर हुने प्रक्रियालाई स्वीकृत गरेका थिए। नेपाल राष्ट्र बैंकले यी दुवै लघुवित्तबीचको मर्जर प्रक्रियालाई गत माघ २४ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो।

Esewa
Crest

कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ८ गते र नेपाल धितोपत्र बोर्डले फागुन ९ गते यी दुवै लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेका थिए। मर्जरपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट फागुन २४ गतेबाट एकीकृत कारोबार सुरु हुनेछ।

मर्जरपछि संस्थाको रजिस्टर्ड तथा केन्द्रीय कार्यालय काभ्रेको बनेपास्थित साँगामा रहनेछ। एकीकृत कारोबार गर्दा दुवै संस्थाको तथ्यांकहरुलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने भएकोले फागुन २३ गते एक दिनका लागि दुवै लघुवित्तको सम्पूर्ण कारोबार बन्द रहनेछ।

बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्त १ः०८५३५ (१ शेयरबराबर ०.८५३५ शेयर) शेयर स्वाप रेसियोमा मर्ज भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS