IME Life New

सामान्य अंकले बढ्यो नेप्से, १८ अर्बमाथिको कारोबार हुँदा अपि पावरको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव २३ अंकले बढेर ३,१६० दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज ८६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२१ वटा कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार रुपैयाँको शेयर कारोेबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, हाइड्रोइलेक्टीसिटीको ६२ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ६० करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको ५५ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर कम्पनी, आँखुखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, माउन्टेन इनर्जी, सिइडीबि हाइड्रोपावर कम्पनी र जीवन बिकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नविल प्रगति फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS