IME Life New

सामाजिक सुरक्षा काेषले दियाे ५ अर्ब ६१ कराेड दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । सामाजिक सुरक्षा काेषले स्थापना देखि हालसम्म याेगदानकर्तालाई ५ अर्ब ६१ कराेड रुपैयाँ दाबी भुक्तानी गरेकाे छ। काेषबाट कूल ९७ हजार ५५२ जनाले दाबी भुक्तानी लिएका छन् ।

काेषले सार्वजनिक गरेकाे भदाै १२ गतेसम्मकाे तथ्या‌ंक अनुसार सबैभन्दा बढी औषधी उपचार,स्वास्थ्य तथा मातृत्व याेजना अन्तर्गत ६४ कराेड ५१ लाख ६५ हजार रूपैयाँ दाबी भुक्तानी गरेकाे छ। काेषले ३९ हजार ७०९ जनालाई याे दाबी भुक्तानी रकम प्रदान गरेकाे हाे ।

Esewa
Crest

काेषका अनुसार दुर्घटना र अशक्तता सुरक्षा याेजना अन्तर्गत १ हजार ९ सय ९२ जनालाई कूल ७ कराेड ६६ लाख १६ हजार रुपैयाँ दाबी भुक्तानी गरिएकाे छ। काेषले आश्रित परिवार सुरक्षा याेजना अन्तर्गत ८ कराेड ९४ लाख ६७ हजार रुपैयाँ भुक्तानी गरेकाे छ।

काेषबाट वृद्धाअवस्था सुरक्षा याेजनाबाट ४ अर्ब ८० कराेड रुपैयाँ भुक्तानी गरिएकाे काेषले सार्वजनिक गरेकाे तथ्या‌ंकमा उल्लेख छ । काेषले संकलन गरेकाे याेगदानवापतकाे रकम कूल ४० अर्ब ४४ कराेड रूपैयाँकाे तुलनामा दाबी भुक्तानी गरिएकाे रकम १३.८७ प्रतिशत हाे ।

काेषले वैदेशिक राेजगारमा आवद्ध प्रवासी कामदारका लागी सामाजिक सुरक्षा काेषमा अनिवार्य आबद्धता गरेर छाेटाे अवधिमै ५६ कराेड ७५ लाख रुपैयाँ याेगदान रकम स‌ंकलन गरि सकेकाे छ । वैदेशिक राेजगारका लागी श्रम स्वीकृती लिनु अघि नै आवेदक श्रमिकले सामाजिक सुरक्षा काेषमा आबद्धता जनाउनुपर्ने बाध्यात्मक प्रावधान रहेकाे छ।

२०६७ सालमा स्थापना भएकाे काेषले २०७६ साउन १ गतेदेखि याेगदान रकम स‌ंकलन शुरू गरेकाे हाे । २०७६ साउन १ गते पूर्वसम्म कामदार तथा जागिरेकाे पारिश्रमिकबाट संकलित सामाजिक सुरक्षा करवापतकाे १ प्रतिशत रकम संकलन र व्यवस्थापन गर्दै आएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS