IME Life New

साप्ताहिक बीमा समीक्षाः बीमा विधेयकमा ढिलाईदेखि पुनर्बीमा कम्पनीको १.६ अर्बको आईपिओ जारीसम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता बीमा क्षेत्रमा बीमा विधेयकमाथि संसदीय समितिमा छलफलमा भएको ढिलाइदेखि बीमा क्षेत्रमा कोरोना भाइरसले पार्ने प्रभावसम्मको विषयहरु चर्चामा रहेका छन् । त्यस्तै बीमा समितिले जारी गरेको नयाँ निर्देशिका र सो निर्देशिकाले पार्ने प्रभावका सम्बन्धमा चर्चा र बहस भयो ।

१८ महिनाअघि संसदमा पेश भएको ‘बीमा ऐन २०७५’ को मस्यौदा प्रतिनिधिसभा अन्तर्गतका अर्थ समितिमा छलफल सुरु भएपनि थप छलफलमा ढिलाई भएको समाचार गत आइतबार प्रकाशित भएको थियो ।

Esewa
Crest

त्यस्तै, इन्स्योर सफ्टवयेरमा आएको समस्याका कारण बीमा कम्पनीहरु हैरान बनेको समाचारले पनि यसै साता प्राथमिकता पायो भने जीवन बीमा कम्पनीहरुको शाखा विस्तारका समाचारले साताको सोमबार बीमा क्षेत्रमा चर्चा भएको छ ।

कोरोना रोगले महामारीको रुपमा लिँदै गर्दा विदेशी पुनर्बीमा कम्पनीहरुले बीमा दावी भुक्तानी गर्ने कि नगर्ने भन्ने सम्बन्धमा बहस यसै साता चलेको छ । जीवन बीमक संघले कोरोना भाइरसलाई जीवन बीमाको दावी भुक्तानीलाई कुनै प्रभाव नपार्ने जनाएर आफ्ना बीमितहरुलाई आश्वस्त पारेको छ ।

त्यस्तै, साताको अन्तिम दिन शुक्रबार भने नेपालको इतिहासमा सबैभन्दा ठूलो १६० करोडको आईपिओ जारी गर्न नेपाल पुनर्बीमा कम्पनीले प्रस्ताव आह्वान गरेको विषयले निकै चर्चा पायो । एक करोड ६० लाख कित्ता आईपिओमा आवेदन खुलेसँगै लगानीकर्ताहरु हौसिएका छन् ।

यो साता बीमा समिलिते जारी गरेको बीमा दावी भुक्तानी सम्बन्धी निर्देशिका सम्बन्धमा पनि चर्चा भएको छ । त्यस्तै, शुक्रबार नै प्रभु लाईफको ३० प्रतिशत आईपिओको प्रक्रिया अघि बढेको विषय पनि चर्चाको शिखरमा रहेको छ । साताभर नेपाली बीमा क्षेत्र सुखद नै रहेपनि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत बीमा कम्पनीहरुको शेयर मूल्यमा आएको उतार चढावले पर्ख र हेरको अवस्थामा लगानीकर्ता रहेको देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS