IME Life New

सानै उमेरदेखि नै बचतको अभ्यासलाई प्राथमिकता दिनुपर्छ: गभर्नर अधिकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२४’ आजदेखि आरम्भ भएको छ। हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो।

उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा काठमाडौंस्थित विभिन्न सातवटा विद्यालयका कक्षा ७ देखि १२ मा अध्ययनरत ५०० भन्दा बढी विद्यार्थीको सहभागिता थियो। गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए।

Esewa
Crest

कार्यक्रममा गभर्नर अधिकारीले वित्तीय समावेशीकरणको लक्ष्य प्राप्तिका लागि वित्तीय साक्षरतालाई प्रभावकारी तुल्याउनुपर्ने आवश्यकतामाथि प्रकाश पारे। वित्तीय साक्षरताको प्रवद्र्धनबाट मात्रै वित्तीय समावेशीकरण हासिल गर्न सकिने गभर्नर अधिकारीको भनाइ थियो। ‘राज्यका सबै तहका व्यक्तिसम्म वित्तीय सेवा नपुग्दासम्म वित्तीय समावेशीकरणको लक्ष्यमा पुग्न सकिँदैन’, उनले भने, ‘वित्तीय साक्षरता त्यसको एउटा अभिन्न पक्ष हो।’

ग्लोबल मनी विकको साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न गभर्नर अधिकारीले सबै सरोकारवाला निकायलाई आग्रह गरे। सानै उमेरदेखि नै बचतको अभ्यासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले आफ्नो सुरक्षित वित्तीय भविष्यको निम्ति जागरुक रहन विद्यार्थीलाई आग्रह गरे।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँगै राष्ट्र बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका उच्च अधिकारी तथा बैंकरहरुको उपस्थिति थियो।

कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएनका अधिकारी र विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो। सो अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मी, सहकारी विभागका उप–रजिष्ट्रार टोलराज उपाध्याय र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले आ–आफ्ना निकायको कार्य क्षेत्र र कामकारबाहीसँग सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी दिएका थिए। त्यस क्रममा उनीहरुले विद्यार्थीले राखेका जिज्ञासाको जवाफसमेत दिए।

नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका निर्देशक किरण पण्डितले प्यानल छलफलको सहजीकरण गरेका थिए। प्यानल छलफलपश्चात् कार्यक्रममा सहभागी विद्यालयका तर्पmबाट विद्यार्थीले वित्तीय प्रणालीसँग सम्बन्धित विषयमा विभिन्न प्रस्तुति दिएका थिए।

चैत ११ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन हुनेछन्। नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, अलगअलग रुपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन्। साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रम सञ्चालन गर्नेछन्।

यस अभियानअन्तर्गत बैंकिङ÷वित्तीय, पुँजीबजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन्। जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रब्यदृष्य सामग्री र अन्तर्वार्ता प्रसारण गरिनेछन्।

यस्तै, युवा विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाको अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ। उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवर्द्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ। ‘ग्लोबल मनी विक’ मूलतः किशोर–किशोरी तथा युवा–युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रुपमा थालिएको अभियान हो। अर्गनाइजेसन फर इकोनोमी कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रुपमा यो अभियान सञ्चालन हुँदै आएको छ। राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ। हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब ६ करोड बालबालिका, किशोरकिशोरी र युवा लाभान्वित भएको ओईसीडीले जनाएको छ। ग्लोबल मनी विकको स्थायी नारा ‘लर्न, सेभ, अर्न’ तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS